सम्पादकीय
आदरणीय मेयोङहाङ दाजुभाई तथा दिदिबहिनीहरु १ मेयोङहाङ (थेगीम) हरुको प्रथम वंशावली पुस्तक वि. स. २०५७ सालमा मेयोङहाङ (थेगिम) वंशावलीका पिता देउमान मेयोङहाङको अथक प्रयास तथा सक्रियतामा तपाई हामी सबैको साथ सहयोगले प्रकाशित भएको थियो । झण्डै २५ बर्षको अन्तरालमा उक्त वंशावलीको प्रथम संशोधन गरिएको छ । संशोधनमा मुख्य गरी केहि जोड्न छुटिएका पुर्खाहरुको नाम र पुस्ता जोडिएको छ । सो समयमा छुटिएका विभिन्न देशमा रहनु भएका दाजुभाइहरुको सकेसम्म खोजी गरी जोडेका छौं । साथै उक्त प्रथम पुस्तक प्रकाशनपछि जन्मनु भएका दाजुभाईहरुको नाम जोडेका छौं भने थाहा भएसम्म र उपलब्ध भएसम्मको तथ्याङकको आधारमा विवाह भइ आउनु भएका हाम्रा आमाहरुको नाम र थर उल्लेख गर्ने जमर्को गरेका छौं । यति हुदा हुदै केहि आमाहरुको नाम र थर छुट्न गएको छ । यसमा हामी क्षमा प्रस्र्थी छौं । साथै थाहा भएसम्म छोरीहरुको नाम नछुट्याइ लेख्ने कोशिस गरेका छौं । सबै भन्दा महत्वपूर्ण कुरा त लामो समय सम्मको अभ्यास र अध्ययन पछि वंशवृक्ष कोरेका छौं ।
किरात वंशका संक्षिप्त इतिहास
किरात वंशी राजाले २९ पुस्ता अर्थात १०४० बर्ष समय नेपालमा राज्य गरे भन्ने के विद्धानहरुको भनाई पनि पाईन्छ । आसाम प्रदेशको प्रख्यात राजा नारकासुर (Narkashur) को छोरा भागदत्तको समयमा महाभारतको लडाई हुँदा किराती सेना र चीनीया सेनी मिली युद्ध गरेका थिए । ई.पू. ३१७ मा नेपालको पूर्वी अञ्चलमा पर्वते (Parbate) नामका प्रतापी किरात राजाले चन्द्रगुप्त मौर्यलाई युद्धमा सहयोग गरेर मगध राज्य अधीनमा बनाए पछि सर्त अनुसार धन्द्र गुप्त मौर्यले उत्तर तिहार वंगाल र आसाम खण्डहरु किरात राजालाई सुम्पिएबाट राजा पर्वते सारा हिमाल पहाड विहार वंगाल र आसामको राजा भएका थिए । त्यस्तै भुटानको किरात राजा सिंगलदिपले फेरी आक्रमण गरी आसाम, वंगाल विहार आफनो राज्यमा गाभे । त्यसछि पर्सियका हराँई सम्पूर्ण उत्तर भारत पसियाको राज्यको अधिनमा गाभे । यसो हुँदा किरात राज्य हिमाली र पहाडी खण्डमा सिमित हुन पुग्यो ।
हामी थेगिमहाङहरुको संक्षिप्त इतिहास, सान्दीहाङ (थेगिमहाङ) सन्तानहरुः
लडाकसेन (पिनुहाङ), २. सेन चवेगू, ३. हाङसुरुम्बा, ४. केरुङ, ५. थक्लेहाङ, ५. लोवा र ६. निम्बेकु यी सात भाई हामी आवाज बोली र ठाउँ विशेष बसी आएको हुँदा ठाउँकै अपभ्रंश शब्दबाट थर रहि आएको हाम्रा पुर्खाहरुको भनाई रहेको छ । सान्दीहाङका जेठा छोरा लडाकसेन (पिनुहाङ) विजयपुरबाट तिब्तीय सेनासँग युद्ध गर्ने क्रममा तिब्बत लासासम्म लडाकसेनका सेनाहरु युद्ध गरी तिब्बतीय सिमा र सम्झौता गरी फर्की आउँदा हिलिहाङ यकमा बसोबास गरी त्यहाँ बास बसी पान्चथरको याङनाम खलङ्गा बसे । त्यहाँबाट दाजुभाई छुटिएर याङनाम बाँसबोटे बसोबास गर्ने क्रममा पुगे त्यहाँ पनि सहजता नभएकोले बासबोटे देखि पाँन्थर नाङ्गेन ठाउँमा स्थायी बसोबास लडाक सेन (पिनुहाङ) नाङ्गेन ठाउँमा बसे । यी कायम भनाई तथ्य प्रमाण छ छैन् । हाम्रा पुर्खाहरु भनाई रहेको छ ।