च्याब्रुङ नाचको परिचय
- पदम मेयोङहाङ
- Feb 23
- 5 min read
Updated: Feb 25

मुन्धुम अनुसार पछिले केसामी (बाघ) को छालाबाट नाम्सामी (मान्छे) ले बनाएको बाजा नै च्याब्रुङ (के) हो । च्याबु्रङलाई लिम्बू भाषामा ‘के’ भनिन्छ । लिम्बू भाषामा ‘केवा’ भनेका ‘बाघ’ हो । दुवैतिर ध्वान्द्रो भएको (हङसिङ) खमारीको रुखलाई मोडेर एकापटी ल्याउर (बनभेडा) को छाला र अर्कोपटी मृगको छाला टाँगी गाई वा गोरुको छाला टाँगी बनाइएको बाजा बजाउदा केसामी (बाघ) को जस्तै हुरुङ–हुरुङ गर्ने आवाज निस्कने हुनाले यस्तो बाजाको नाम ‘के मुक्ला’ हुन गएको मानिन्छ । केमुकबाट ‘के’ वा च्याब्रुङ भएको हो ।
नेपाली भाषामा च्याब्रुङ वा ढोल र अंग्रेजीमा ट्रम (Drum) भनि चिनिने यो लिम्बू बाजा ‘के’ बनाउँदा हिजोआज खमारी वा नरम जातका काठ र बाख्रोको छाला प्रयोग गरिन्छ । के बनाउँदा भित्र तार टाँगी मरेङग्रा राखिन्छ । जसको कारण यो बाजा बजाउँदा बाघ गर्जेको जस्तै आवाजको कम्पन आओस् । भन्नका लागि लगाइएको हुन्छ । च्याबु्रङको देब्रे पटी हिर्कोउने काठको सामाग्रीलाई लिम्बू भाषामा पोङे भन्दछन् । दाहिने तर्फ खुला हातको पञ्जाले हिर्काइन्छ । शरिरको अगाडीपट्टी भिरी नाचिने च्याबु्रङ नाच बिशेष गरेर लिम्बू समूदायको बैबाहिक कार्यक्रममा र घरपैंचोमा नाच्ने गरिन्छ । यसको अलावा मेला, हाट र लिम्बू जातिले मान्ने पुज्ने गरेका पर्व र अवसरहरुमा समेत च्याबुङ अनिवार्य नाचन थालिएको छ । चयाब्रुङ नाच्दा सामान्यत गाना गाँइदैन तर जब गाना गाएर नाचिन्छ । त्यसबेला नाच ज्यादै आर्कर्षक र चाखलाग्दो हुन्छ । पुरुषहरुले मात्र च्याब्रुङ भिरी नाचिने यो नाचमाम च्याबु्रङ नबोकी बिचबिचमा महिला समेत समावेश भई च्याब्रूङको सुर र तालमा ताली मार्दै र जिउ मर्काइ मर्काइ र खुटा हल्लाई हल्लाइ नाच्ने गर्दछन् ।
च्याबु्रङ नाचको शुभारम्भ
कहिले काहा र कुन प्रयोगको लागि च्याबु्रङ नाचको शुभारम्भ भयो भन्ने विषयमा पनि मिठो कथा रहेको पाइन्छ । मुन्धुमअनुसार अघि लोक्फादेन र हाङफोदन दुई दाजुभाइ थिए जसको एक चेली थप्पुरा मेन्लङहाङमा थियो । कसैले नि चेलीको नाम साप्परी मेक्लङहाङमा पनि भनेका छन् । चेली माइती जंगलमै बस्ने र तरुल म्यागुर खाने गर्दथे । एक दिन चेलीले सेन्जीकुम सेङवाना (वाठो चरा) नामक चराले रुखको टोड्कामा गुण बनाइ बसेको देखेपछि हामी पनि घर बनाएर बसौ न भनि माइतिहरु समक्ष बिन्ती बिसाएछ । माइतिले प्रथम पटक घर बनाउने भई घडेरी रोजे र जुम्ल्याहा रुख कावसावा रुखको खम्बा ल्याहि सुरु गरे दुई भाईले मात्र खाँबा गाड्न र उचाल्न नसकेपछि छेउमा कपाल कोर्दै बसेकी चेलीको सहयोग मागे । चेलीले सहयोग गर्ने हुँदा कपालमा सिउरेको काँइयो खाडलमा खस्यो र काँइयो टिप्न खाडलमा निहुरियो । त्यसै बखत माइतिहरुले मात्र खम्वा थाम्न नसकी खम्बा झ¥यो र त्यहि खम्बाले किचिएर चेलीको मृत्यु भयो । सो घरमा पछि उक्त घडेरी त्यागी नयाँ घडेरीको बन्दोवस्त मिलाई घर बनाउने कर्मिहरुको खोजीमा लागे । भलायो र सिस्नुको झ्याङ भित्र आगो तापी रहेका अवस्थामा कर्मिहरुलाई भेटी त्यहिबाट बोलाइल्याए । भलायो र सिस्नुको झयाङबाट कर्मीहरु ल्याई घर बनाएको हुँदा घर भत्केपछि त्य ठाउँमा भलायो र सिस्नो उम्रने उर्दछ । भन्ने विश्वास आज पनि लिम्बू जातिमा रहेका पाइन्छ । उल्लेख भए अनुसार घडेरी फाफसिद्ध होस भन्ने अभिप्रायले घडेरी पुजा गरी ओकफादेन र हाङफदेनले सर्वप्रथम घर नाच्न बोलाइएको थियो । त्यहि समय देखि लिम्बू जातिमा नयाँ घर बनाइसकेपछि खुसियाली मनाउन च्याबु्रङ नाच्ने (केलाङ) परम्परा रहि आएको हो भन्ने विश्वास गरिन्छ ।
च्याबु्रङ ‘के’ को उत्पति
मुन्धुम अनुसार केसामीको छालाको छालाले साटेर ल्याएको नुन र तेल दुई छाक वारिएता पनि आमा सरेनहाङमा तिगेनजोङनाको मन थमिएन । पुत्र शोेककै कारण सधै भाव विहवल भई आमा रोइबस्दयिइन । आमालाई शोक मुक्त गर्न नामसामीले एउटा उपाय रच्यो र नामसामी जंगलमा गई एउटा रुखको टोडका (हङसिङ) लाई मोडी एकापटी न्यूर (वनभेडा) को छाला (खेनहाःमा) अर्कोपटी मृगको छाला (पेङवा होमा) राखी वाजा वनायो र बजाउँदा बाघ गर्जेको जस्तो आवाज (हुरुङ–हुरुङ) सुनियो । उक्त आवाज घरबाट आमाले पनि सुनिन र नामसामीले पनि दाजु जंगलमा थियो भनि भने पछि आमाले चित बुझाएर शान्त भई बसिन् । त्यस्तै मुन्धुम विदहरुका अनुसार नामसामीले केसामीलाई मारी उसको छालाबाट च्याुब्रङ बनाई बजाउँदा बाघको जस्तै आवाज निस्केको हुँदा आमा सरेनाहाङ तिगेनजोङनाले नामसामीलाई धन्य छौ छोरा मितिले दाजु केसामीलाई मारेतापनि उसको जस्तै आवाज निस्कने वाजा च्याबु्रङ बनाएर उसलाई सदासदाका लागि अमर बनायो । अव मलाई केसामी मारेकोमा कुनै चिन्ता छैन अनि भनेका थिए । अर्को एउटा यस्तो पनि मन पाइन्छ कि नाम्सामीले केसामीको छाला घरमा झुण्ड्याइ राखेको थियो । पछि नाम्सामीको नातिहरु फुङदेनहाङ र लादेनहाङ बाघको छालाबाट एक बाजा बनाए जसबाट बाघको जस्तै आवाज निस्कियो । त्यसैले उनिहरुको त्यो वाजालाई केमुक्ला नामाकरण गरे ।
नुन तेल बार्ने चलन
अघि वर्तमान नेपाल सुदुर पुर्वी जिल्ला ताप्लेजुङको पूर्वी उत्तर दिशाको तमर खोलाको मुहातर्फको जग्गामा तिगेजङना नाम गरेको एक कुशल शिकारी बस्ने गर्दथ्यो । युन्नासो सेवनहाङमा नाम गरेको उनकी चेली पनि थिई । माइति तिगेजङना माइती समक्ष ‘‘खेःर नुःमा–खेजा साक्मा, सासेःनुःमा साजा साक्मा’’ भनि दुखेसो व्यक्त गरेका थिए जसको अर्थ–‘‘तरुल खन्न सजिलो खानु गाह्रो, मासु मार्न सागीलो खानु गाह्रो भन्ने हो । मुन्धुम विदहरुको अनुसार चेली असाध्य अन्छेनी थिई । चेलीको त्यस्तो भनाई भएपछि सोहि दिनदेखी चेलीलाई साथैमा लिई । माइती शिकार खेल्न जानथाल्यो । शिकार खेल्ने क्रममा एक दिन माइती अघि अघि र चेली पछिपछि गर्दै जङगतर्फ लागे । जादा जादा बाटोको ढुङाको खेपिल्टामा र रुखको टोङककाको पनि देख्यो र असाध्य तिर्खाको कारण त्यो पानी पिएछ । उक्त पानीलाई मुन्धुमी भाषामा ‘लुङधुङ’ पक्वा सिङदुङ पक्वा भन्दछन् । उक्त पानी पिएपछि चेलीको गर्भ रहि ३ महिनामा बाघको बच्चा र दश महिनामा मान्छेको बच्चा जन्मेको थियो अर्थात बाघ र माइतिको पिसाबबाटै गर्भ रहेको हो भन्ने देखाउन ३ महिनामा बाघको बच्चा ल्याइएको हो । इतिहासकार चेम्जोङका अनुसार तिगेन्हाङमाले जेठा छोरा (बाघको बच्चा) लाई केसामी र कान्छा (आफनै छोरा) लाई नाससामी भनि नामाकरण गरे । पछि केसामी र नामसामी बिच झगडा सुरु हुन थाल्यो केसामीले भाई नाम्सामी र आमालाई समेत मार्ने खाने गरी झम्टिन थालेपछि आमाको सल्लाहअनुसार नामसामी केसामीलाई मार्ने विधि सिक्न जंगल लागे । जंगलमा रहँदा बस्दा नामसामीले धनुर्विद्या सिकि १२ ओटा काँडा बनाएर जसमा अन्तिमको चाँहि धारिलो र विषालु एव्म एकपाखे थियो । धनु र्विद्यामा निपूर्ण भएपछि नामसामी घरमा आयो र आमासँग भेटी घरमा सिलारी फुल (सेक्मुरीफुङ) को कलश र वार्वरी पुल (अन्दङफुङ) को कलश थापी आमा छोरा दुवैले वाचा गरे र भन्यो ‘‘आमा आज म जहाँ जान्छु नढाँटी त्यही गयो दाजुलाई भनिदिनु यदि दाजुले मलाई खायो भने वावरी फुल ओेइलिन्छ । भनि नामसामी दक्षिण दिशा जंगल तर्फ लाग्यो । नाम्सामीले भने झै आमाले केसामीलाई भाई गएको ठाउँ बताइदिए र भाई नामसामीलाई खोज्र्दै दाजु केसामी दक्षिण दिशाको जंगलतर्फ लाग्यो । खोज्दै जाँदा जंगलमा सिमलको १२ तलामाथि नामसामी बासीरहेको देखि भाईलाई खान केसामी तलैतला झम्टिन्दै गयो । भाईले पनि लगातार काँडा प्रहार गर्दै गयो । अन्तिम पटकमा धारिलो र विषालु एकपाखे अस्त्रको प्रहारले दाजु केसामीको टाउको वारपार भई सिमलको एकापटीको हाँगा लाछि सोरी भुइँमा झरेन्छ । त्यसैले सिमलको एकातर्फ हाँगा नहुने र नौ तलाकोे हाँगा झएपछि सिमलको रुखमा बाघले नङग्राउँछ भन्ने विश्वास लिम्बू जातिमा आज पनि रहेको पाइन्छ । उता घरमा कलशमा राखिएको वावरी फुल ओइलिएको र सेक्ुमरी फुल जाग्दै गएको देखेर क्षणिक भए पनि आमा खुशी हुदै थिइन । उल्लेख गरेनुसार केसामीलाई मारेपछि केसामीको छाला काढी सुकाउनका लागि उपयुक्त ठाँउको खोजीमा ठाँउको खोजी गर्दै जादा बिहान सबेरै देखि बेलुकी साँझसम्म घाम लाग्ने उच्च डाँडा मुक्तोपोक्मा थेगु घुङग्रीङ उम्रने डाडामा ल्याई सुकायो । मुक्तोपोक्मा थेगु हाल पाथीभरा डाडाको नामले प्रसिद्ध छ । लिम्बु भाषामा ‘मुक’ भनेको शक्ति हो । ‘मुक्तो’ भनेको शक्तिको प्रतिक रुपी भाषामा हो । डाँडामा शक्तिरुपी विरुवा (घुङग्रीङ) हुने हुदा मुन्धुममा मुक्कुमलुङ भनिएको छ । लिम्बू भाषाको ‘कुम+कमा+लुङ’ बाट ‘मुक्कुमलुङ’ भएको हो । मुक भनेको शक्ति कुमा भनेको बोकेको भएको र लुङ भनेको ढुङा वा डाँडा हो अर्थात शत्तिशाली डाडा हो । उक्त डाँडा अत्यन्त उच्च ठाउँ र ठण्डी भएको कारण त्यहा छाला सुकेना र नसुकेपछि फेरी छाला उठाइ साहोलुङ भन्ने ठाउँमा लागि सुकायो । उक्त सीहोनाम्लाङ भन्ने ठाउँ पाँचथर जिल्लाको साविक फाक्तेप भाङस्राङ र साराङडाँडा गा.वि.स. हाल फाल्गुनन्द गाँउपालिका र मिक्लाजुङ गाउँपालिकाको सिमावर्ती क्षेत्रमा पर्दछ । केहि उच्च ठाउँमा अवस्थित आन्दाजी ४ वर्ग मिटर सोलार प्लेट राखेझै पूर्व उत्तर फर्किएको साहोलुङलाई हाल छाला सुक्वा ढुङा भनदछन् । त्यहा मात्र छाला रामरी सुक्यो । छाला सुकेपछि चिनको ल्हासामा गई नुन र तेल साटेर ल्याई घरमा आउँदा आमाले भनिन् ‘लु छोरा जे भए पनि तेरो दाजुको छालाले साटेर ल्याएको नुन र तेल हो । त्यसैले एक दिन दुई छाक नुन र तेल बारेर मात्र आउनु पर्छ’ भनेपछि नाम्सामी र आमाले दुई छाक नुन र तेल बारेका थिए । त्यही समयदेखि लिम्बू जातिमा दाजुभाई मित्र भरी मराउ पर्दा दुई छाक नुन र तेल व्यारने परम्परा आएको हो यो परम्परा अझै कायमै छ भन्ने कतिपयले ३/४ दिन बार्ने पनि गर्दछन् ।
। सेवारो ।।
Comments