लिम्बू जाति तथा प्रमुख किरात धर्म मुन्धुम
- दिपेश (जयप्रसाद) मेयोङहाङ
- Feb 23
- 1 min read

लिम्बू नेपालमा बसोबास गर्ने एक मुलबासी किराँत समूदाय भित्र पर्ने जाति हो । याक्थुङ र सुब्बा पनि भनिने लिम्बूहरु पुरानो याक्थुङ लाजे फेदाप हालः लिम्बूवान/पल्लो किराँत) राज्यको वा पूर्वी नेपालको पहाडी क्षेत्र र अझ कोशी पूर्व र मेची वारी क्षेत्रका रैथाने हुन् । शाब्दिक अर्थमा लिम्बूको नजिकको अर्थ ‘धनुर्धारी’ हुन आउँछ । उनीहरुलाई लिम्बू भाषामा याक्थुङ भनिन्छ । उत्तरमा तिब्वत र दक्षिणमा भारत बीचको नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, लगायत सिक्किम, पश्चिम बङगाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बूहरुको थाकथलो हो । यसरी नै लिम्बू जातिहरु भित्र पर्ने मेयोङहाङ (थेगिम) पनि एक लिम्बू जाति हो पान्चथरको नाङगेन, सिदिन, रानिटार, बहुल संख्यामा मेयोङहाङहरुले बसोबास गरिरहेका छन् । भने हरु विभिन्न देशहरुमा जस्तैः भारतको आसाम, सिक्किम, भूटान, अमेरिका, मुलुकहरुमा यत्रतत्र मेयोङहाङहरु छरिएर बसोबास गरिरहेका छ । मौलिक लिम्बू भाषा, धर्म, सँस्कृति, रितिरिवाज, साहित्य, लिपि, र भेषभूषा भएका लिम्बूहरु नेपालमा चार लाख सतासी हजारको हाराहारीमा छन् (स्रोत नखुलेको) । २०४८ सालको जनगणना अनुसार कुल संख्याको १.६५ लिम्बू जाति ३ जिल्लामा बहुल सँख्यामा रहेका छन् । यो जाति भारत बेलायत स्थायी बुनाई, सिँगापुर, अमेरिका लगायत विभिन्न ठाउँहरुमा पनि छरिएर स्थायी बसोबास गरिरहेका छन् । यसैगरी लिम्बूहरुको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा, थेबा र सेवासाबाहरु पुजारी हुन मुन्धुममा आधारित किराँत धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य, सँस्कृति, हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारिका माध्यमहरु हुन् । त्यस्तै धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः– फेदाङबा, साम्बा, थेबा तथा सेवासाबाहरु हुने गर्दछन् । लिपि ‘सिरिजङगा लिपि’ हो । सिरिजङगा थेबेले यो लिपिको आविस्कार गरेका हुन् । च्याबु्रङ नाच, धान नाच, हाक्पारे गाउने लिम्बूको मौलिक परम्परा हो ।
। सेवारो ।।
Comments