top of page

मेयोङहाङ थेगिमको वंशावली

आदरणीय मेयोङहाङ दाजुभाई तथा दिदिबहिनीहरुमा सेवारो । मेयोङहाङ थेगिमहरुको प्रथम वंशावली पुस्तक वि.सं. २०५७ सालमा मेयोङहाङ थेगिम वंशावलीका पिता श्री देउमान मेयोङहाङको अथक प्रयास तथा सक्रियतामा तपाईहामी सबैको साथ सहयोगले प्रकाशित भएको थियो । झण्डै २५ वर्षको अत्तरालमा उक्त वंशावलीको प्रथम संशोधन गरिएको छ। संशोधनमा मुख्य गरि केही जोड्न छुटिएका पुर्खाहरुको नाम र पुस्ता जोडिएको छ । सो सामयमा छुटिएका विभिन्न देशमा रहुनभएका दाजुभाईहरुको सकेसम्म खोजी गरी जोडेका छौं । साथै उक्त प्रथम पुस्तक प्रकाशनपछि जन्मनु भएका दाजुभाईहरुको नाम जोडेका छौ भने थाहा भएसम्म र उपलब्ध भएसम्मको तथ्याङकको आधारमा विवाह भई आउनुभएको हाम्रा आमाहरुको नम र थर उल्लेख गर्ने जमर्को गरेको छौं ।

 

यसै क्रममा हामीले अर्को प्रयास गरेका छौ जुन हाम्रो वंशावलीलाई जुनसुकै देशमा रहेर पनि अनलाईन मार्फत हेर्न सकिने गरि वेभसाइट https://www.meyonghang.org/ सुरु भएको छ। सम्पूर्ण दाजुभाईहरुले तल रहेको वटनमा थिचेर सम्पूर्ण वंशावली हेर्न सक्नुहुनेछ । हाल निर्माणधिन अवस्थामा रहेको कारण तपाईहरुको सल्ला सुझाव तथा सहयोग अनिवार्य हुने भएकोले तपाईलाई लागेको विचार हाम्रो इमेल meyonghang.org@gmail.com मार्फत उपलब्ध गराउन सक्नुहुनेछ ।

नोगेन् । सेवारो ।

मेयोङहाङ थेगिम वंशावली
प्रथम वंशावली
२०५७

मेयोङहाङ थेगिम वंशावली
प्रथम संशोधन
२०८१

bottom of page